राजावादीले जलाएर रोकिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी फेरि तङरिँदै [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
626
Shares
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरुको शाक्तिपूर्ण सभाले हिंसात्मक रुप लिँदा दुई जनाले ज्यान नै गुमाएको थिए । कयौँ मानिसहरु घाइते हुनुका साथै सार्वजनिक तथा निजी संरचनाहरु तोडफोड र आगजनी गरिएको थियो ।
सो दिनको घटनामा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन । कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवन आगो लगाएर पूर्ण रुपमा प्रयोगविहीन नै बनाइएको थियो ।
यस कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरुले गर्ने र उत्पादित वस्तुको बजारीकरणदेखिका कामहरु केन्द्रीय कार्यलयले गर्ने हुँदा सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको कम्पनीकी निमित्त महाप्रबन्धक उषा रिजालले बताइन् ।
अब कम्पनी सञ्चालन कहिले होला भन्ने निराशाकाबीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको उनले सुनाइन् ।
यस कार्यका लागि वन तथा वातावरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा सिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको रिजालले बताइन् ।
आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले हातले नै गर्नु परेको छ । जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन ।
अहिले ५० देखि ६० प्रतिशत मात्र उत्पादन भइरहेको रिजालले बताइन् ।