प्रतिपक्षीकै कारण संसद खुल्छ - प्रमुख सचेतक बर्तौला
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
758
Shares
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसदको जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक संवाद भइरहेको बताएका छन्।
प्रमुख सचेतक बर्तौलाले प्रतिपक्षी दलहरूले अघि सारेका मागहरू कुनै पनि हालतमा पूरा गर्न नसकिने अडान दोहोर्याए। यद्यपि, उनले प्रतिपक्षीहरू संसदलाई सुचारु गरेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उल्लेख गर्दै छिट्टै संसद खुल्ने विश्वास व्यक्त गरे।
बर्तौलाले भने, “अब हाउस सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा उहाँहरू (प्रतिपक्षीहरू) आउनुभएको छ। यो नै सकारात्मक कुरा हो। त्यही जगबाट हिजो हाउस उहाँहरुकै कारण अवरुद्ध भएको थियो। भोलि हाउस उहाँहरुकै कारण सुचारु हुने परिस्थिति विकास हुन्छ।”
उनको भनाइअनुसार, प्रतिपक्षीहरुकै कारण अवरुद्ध भएको संसद भोलि उनीहरुकै कारण सुचारु हुने परिस्थितिको विकास हुनेछ।