न छ फरक न विशेष क्षमता
१० प्रकारका हामी अपाङ्गता सुन्दरा
सुन्दरा संसार छ मनको आँखामा
एकैछिन रमाउँ यो गीतको भाखामा
बोझ हैनौँ विश्वको नै हौँ शान
देश विकासमा दिएका छौँ योगदान
बाबुराम, झमक राष्ट्रका हुन् मणि
वैकल्पिक आँखा सेतो छडी
सहयोग हैन सहकार्य गरौँ
गलत शब्द चाहिएन नगरौँ
सभ्य समाज सभ्य नै बन्नु छ
अपाङ्गता एक अवस्था हो भन्नु छ
अपाङ्गतालाई असक्षमतासँग
तुलना गरेको सुन्दा पो झसङ्ग
अपाङ्गता छ लाग्दैन भन्न लाज
देश बदल्न बदलिनु छ समाज
एक जुट होऔँ साङ्ग–अपाङ्गता
अनेकतामा पो हुन्छ एकता
धेरै गर्ने लिएका छौँ आँट
चेतनाको विगुल फुक्छौँ यहीँबाट । (रीताकी दिदी सुनिताले लेखेको यो गीतले पोखरामा भएको अपाङ्गता सचेतना सम्बन्धी लोकगीत प्रतियोगितामा सान्त्वना पुरस्कार जित्न सफल भएको थियो)