काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको सामान्य वृद्धिको प्रभावस्वरूप आज (बिहीबार) स्थानीय सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबारको तुलनामा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ। यससँगै, आज एक तोला सुनको मोल १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आज सोही परिमाणको चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्य ३ हजार ३८९ डलर कायम भएको छ