arrow

तोलाको पाँच सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु पाँच सय र चाँदी रु ३० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ