लिग २ मा स्कटल्याण्डलाई हराउन नेपाल २९७ रनको चुनौती पछ्याउँदै, उत्कृष्ट प्रारम्भिक साझेदारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
631
Shares
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अहिले स्कटल्यान्डसँग खेलिरहेको छ । स्कटल्याण्डको डुन्डीमा भइरहेको खेल जितका लागि नेपालले २९७ रनको चुनौती पछ्याइरहेको छ ।
टस जितेर नेपालले पहिले बलिङ गर्दै स्कटल्याण्डलाई २९६ रनमा रोकेको थियो । स्कटल्याण्डले उत्कृष्ट ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २९६ रन बनायो । चार्लि टियरले ७२ बलमा ८० रन बनाए ।
त्यस्तै फिन्ले म्याथक्रेथले ५५ रन बनाए । नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २–२ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले १ विकेट लिए ।
जवाफमा नेपालले उत्कृष्ट शुरुआत गरेको छ । नेपालले पहिलो विकेटका लागि १२ ओभरमा ७२ रनको साझेदारी गरेको छ । आशिफ शेखले कुशल भुर्तेलसँग उक्त रनको साझेदारी गर्ने क्रममा २० रन बनाएर आउट भए ।
तर दोस्रो विकेटको साझेदारी भने खराब भएको छ । नेपालले ७८ रन जोड्दा दोस्रो विकेट गुमायो । कुशल व्यक्तिगत ४४ बलमा ५३ रन बनाएर आउट भए ।
नेपाल अंक तालिकामा कमजोर बन्दै गएको अवस्थामा स्कटल्याण्डसँग उसकै मैदानमा खेलिरहेको हो । अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ ।
आठ टिम सहभागी लिग २ मा नेपाल १२ खेलबाट मात्र ६ अंकसहित पुछारमा छ । नेपालले यसपालि यसअघिको साख जोगाउने सम्भावना कमजोर बनेको छ ।
स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले खेलअघि स्कटल्यान्डको ए टोलीसँग दुई अभ्यास खेल खेलेको थियो।
पहिलो खेलमा नेपाल १०२ रनले पराजित भएको थियो । अर्को खेल भने नतिजाविहीन भएको थियो।