arrow

नेपालका कुनै पार्टीहरू एमालेको यो उचाइमा पुग्न सक्दैनन् - ईश्वर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
ishwar-pokhrel-12-08.jpg

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीमाथि भइरहेका आक्रमणहरू एमालेले राष्ट्रिय हितको पक्षमा लिएको अडानका कारण भएको दाबी गरेका छन्। 

उनले एमालेको सही राजनीतिक मार्गमा विज्ञताको मांसपेशी भर्न सके मात्रै सुन्दर नेपाल निर्माण गर्न सकिने बताए। उनले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्न सकेमात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गरे।

पोखरेलले एमालेमाथि अहिले भइरहेका हमलाहरू पार्टीको कमजोरी वा गल्तीका कारण नभएको स्पष्ट पारे। उनका अनुसार, एमालेमाथि आक्रमणका मुख्य चार कारण छन्, र ती सबै एमालेले लिएका सही अडानसँग सम्बन्धित छन्।

पोखरेलले भने, "एमाले राष्ट्रिय हित, स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको छ। नेपालका कुनै पार्टीहरू एमालेको यो उचाइमा पुग्न सक्दैनन्, यो हाम्रो दाबी हो।"

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन रुस र चीनको जस्तो नभएको बताउँदै, नेपालको परिवर्तन नेपाली विशेषताको भएको धारणा व्यक्त गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ