विश्वकै सर्वाधिक धनी फुटबल क्लब बन्यो रियाल मड्रिड, को कति ?
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
829
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । स्पेनिश फुटबल क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पत्ति ६.६ अर्ब अमेरिकी डलर रहेको छ ।
फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि बनेको छ।
फोर्ब्सको सूचीमा ६.६ अर्ब अमेरिकी डलर सम्पत्तिसहित इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडले सन् २०२३–२४ सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो ।
यसैगरी स्पेनिश लिग च्याम्पियन बार्सिलोना, प्रिमियर लिग च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम हट्सपर, चेल्सी, जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) तेस्रोदेखि १०औँ स्थानमा छन् ।