arrow

विश्व सुन्दरीको ताज ओपल सुचतालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
miss-world-2025-opal.jpg

हैदाराबाद । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले (विश्व सुन्दरी) मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् । 

 भारतको हैदराबादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छिन् । मिस वर्ल्ड रनर अप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रनरअप पोल्याण्डकी माजा क्लाज्दा र थर्ड रनरअप मार्टिनिककी ओरेली जोआचिम भए ।

मिस वर्ल्डको उपाधि जितेपछि ओपल सुचताले भावुक हुँदै भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र होइन, हेर्न, सुन्न र फरक पार्न चाहने युवा युवतीहरूको पनि जित हो। म यस विरासतको प्रतिनिधित्व गर्न र मिस वर्ल्डको यो युगमा वास्तविक परिवर्तन ल्याउन पाउँदा गर्व गर्छु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ