मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
564
Shares
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति हुने भएको छ ।
पन्ध्र शय्यामा सञ्चालनमा रहेको अस्पताललाई गण्डकी प्रदेश सरकारले एक सय शय्यामा स्तरोन्नतिको निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारबाट नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताए।
प्रदेश सरकारको गत सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । प्रदेश सरकारले मध्यविन्दुसहित नौ वटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको उनले जानकारी दिए।
निर्णय कार्यान्वयनसँगै अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था हुनेछ ।
यो अस्पतालले ८० शय्याको सेवा प्रवाह गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । रासस