arrow

हुम्ली दिपा शाहीप्रति सम्मान र समर्थनका लागि जर्सी सार्वजनिक [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
dipa-shahi-jersey-(1).jpg

हुम्ला । फुटबल खेलमार्फत हुम्लाको नाम देशभर फैलाउँदै आएकी खेलाडी दिपा शाहीको सम्मानमा उनको तस्बिर अंकित विशेष फुटबल जर्सी बजारमा अएको छ । 

हुम्ला फुटबल एकेडेमीले बजारमा ल्याएको विशेष जर्सी खार्पुनाथ–५, खर्पेलगाउँमा जन्मेकी फुटबल खेलमार्फत हुम्ला र कर्णालीलाई चिनाउँदै आएकी खेलाडी शाहीको तस्बिर अंकित जर्सी शनिबार आयोजित एक अनौपचारिक कार्यक्रममा सार्वजनिक गरिएको हो । 

दिपाले सानै उमेरदेखि फुटबललाई आफ्नो जीवनको लक्ष्य बनाउँदै संघर्ष गर्दै आएको र उनको खेलकौशल, मेहनत र योगदानको कदर स्वरूप एकेडेमीले जर्सी तयार गरी बजारमा ल्याएको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णुबहादुर रावतले बताए । 

उनका अनुसार जर्सी सार्वजनिक गर्नुको उद्देश्य शाहीको प्रचारप्रसार र शाहीजस्तै खेलाडीको लागि सानो स्तरबाट भए पनि सहयोग पुग्ने विश्वासका साथ हुम्ला फुटबल एकेडेमीको पहलमा जर्सी बनाएको बताए । 

बजारमा ल्याइएको जर्सीमा दिपा शाहीको तस्बिर अङ्कित गरिएको छ। हाल पहिलो संस्करणका लागि ५०० वटा जर्सी उत्पादन गरिएको छ । भने  बजारमा आएको प्रति जर्सी रू ५ सयमा बिक्रीका लागि सिमकोट बजारमा उपलब्ध छ । 

जर्सी बिक्रीबाट उठेको रकममध्ये ६० प्रतिशत रकम खेलाडी शाहीलाई र ४० प्रतिशत रकम एकेडेमीमार्फत प्रशिक्षार्थीहरूका खेल सामग्री खरिदमा खर्च गरिने अध्यक्ष रावतले बताए । 

यस अभियानलाई सफल बनाउन हुम्ला फुटबल एकेडेमीले नेपाल पत्रकार महासंघ, दुईवटा सामुदायिक रेडियो र संचारकर्मीहरु आबद्ध चारवटा प्रेस संगठनहरूसँग सहकार्य गरी प्रचारप्रसारका लागि जर्सीहरू सामुदायिक रेडियो कैलाशका निर्देशक एवम् खेलाडी शाहीका काका जनकबहादुर शाहीले नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतलाई हस्तान्तरण गरेका थिए । 

सो जर्सी अध्यक्ष रावत मार्फत रेडियो कैलाश, रेडियो कर्णाली, नेपाल पत्रकार महासंघ, जनजाति पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टर नेपालमा अबद्ध  संचारकर्मिलाई हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष छपाल लामाले बताइन् ।

फुटबलमा आफ्नो भविष्य खोज्दै संघर्ष गर्दै आएकी दिपा शाहीले खेल क्षेत्रबाट हुम्लालाई मात्र होइन, समग्र कर्णाली प्रदेशलाई चिनाउँदै आएकी छन् । उनको मेहनत र खेल प्रतिको समर्पणको सम्मान स्वरूप शुरु गरिएको यो अभियानले खेलकुदमा महिलाको सहभागिता बढाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।
 

dipa-shahi-jersey (5).jpg
dipa-shahi-jersey (6).jpg
dipa-shahi-jersey (7).jpg
dipa-shahi-jersey (1).jpg
dipa-shahi-jersey (2).jpg
dipa-shahi-jersey (3).jpg
dipa-shahi-jersey (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ