arrow

प्रकृति र संस्कृतिले भरिपूर्ण मुस्ताङ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
marpha-mustang-82-2-17.jpg

मुस्ताङ । प्राकृतिक तथा सांस्कृतिक रुपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरु छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।

अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ।  यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन् ।

प्राचीन सहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको संगमले पर्यटकलाई लोभ्याउँछ।

मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका संग्रहालयले पनि आगन्तुकहरुलाई पर्याप्त जानकारी दिन्छन् ।

मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरु खुलेका हुन्छन् । मध्यान्ह १२ बजेपछि भने विस्तारै हावा चल्न थाल्छ र हिमालहरु तुवालोले ढाकिँदै जान्छन् । 

जलवायु परिवर्तनका कारण हिमालहरु नाँगिदै गएकोमा स्थानीयबासीका साथै पर्यटक पनि चिन्ता व्यक्त गर्छन् ।

mustang-natural-cultural (20).jpg
mustang-natural-cultural (19).jpg
mustang-natural-cultural (18).jpg
mustang-natural-cultural (17).jpg
mustang-natural-cultural (16).jpg
mustang-natural-cultural (15).jpg
mustang-natural-cultural (14).jpg
mustang-natural-cultural (13).jpg
mustang-natural-cultural (12).jpg
mustang-natural-cultural (11).jpg
mustang-natural-cultural (10).jpg
mustang-natural-cultural (9).jpg
mustang-natural-cultural (8).jpg
mustang-natural-cultural (7).jpg
mustang-natural-cultural (6).jpg
mustang-natural-cultural (5).jpg
mustang-natural-cultural (4).jpg
mustang-natural-cultural (3).jpg
mustang-natural-cultural (2).jpg
mustang-natural-cultural (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ