रेखाको ‘मीरा’ सुरक्षाका कारण स्थगित, सोमबारदेखि हेर्न पाइने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
494
Shares
काठमाडौँ । रेखा थापा अभिनित नाटक ‘मीरा’ आज स्थगित भएको छ । आजको असहज राजनीतिक परिस्थितिका कारण आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमियर दर्शक, कलाकार तथा अतिथिहरुको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको छ।
‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार (जेठ १९ गते) हुनेछ।
कान्तिपुर फिल्म एकडेमीका अनुसार टिकट बुकिङ गरेका दर्शकहरुको टिकट जेठ १९ गतेको लागि सुरक्षित रहनेछ ।