काठमाडौँ । नेपाली सिने उद्योगकी चर्चित अभिनेत्री रेखा थापाले करिब साढे दुई दशकको फिल्मी करियरपछि रङ्गमञ्चमा प्रवेश गरेकी छन्। 'हिरो' फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी थापाले आज, जेठ १५ गते, कान्तिपुर थिएटर, गैरीधारामा दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित नाटक 'मीरा' बाट आफ्नो मञ्चन करियरको सुरुवात गरेकी हुन्।
रङ्गमञ्चमा डेब्यु गर्न पाँँच देखि चार घण्टा दैनिक अभ्यासमा बिताएकी थापाले आफूमा एक कौतुहलतासहितको फरक उत्साह अनुभूत गरिरहेको बताइन्। केही वर्षअघि लकडाउनको समयमा दुईवटा नाटकको प्रस्ताव आए पनि व्यस्तता र आत्मविश्वासको कमीका कारण स्वीकार नगरेको उनले खुलाइन्। "रिहर्सल र दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसारजस्तो थियो। समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइनँ," उनले भनिन्।
यसपटक रङ्गमञ्चमा उक्लिने कुरा कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका संचालक प्रकाश पुरीका कारण सम्भव भएको थापाको भनाइ छ। पुरीले रेखा फिल्म्सबाटै स्क्रिप्ट राइटरका रूपमा डेब्यु गरेकाले उनीमाथिको विश्वास र समय संयोजनको संयोग मिलेको उनले बताइन्।
काठमाडौँ । नेपाली सिने उद्योगकी चर्चित अभिनेत्री रेखा थापाले करिब साढे दुई दशकको फिल्मी करियरपछि रङ्गमञ्चमा प्रवेश गरेकी छन्। 'हिरो' फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेकी थापाले कान्तिपुर थिएटर, गैरीधारामा दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित नाटक 'मीरा' बाट आफ्नो मञ्चन करियरको सुरुवात गर्न लागेकी हुन् ।
रङ्गमञ्चमा डेब्यु गर्न पाँँच देखि चार घण्टा दैनिक अभ्यासमा बिताएकी थापाले आफूमा एक कौतुहलतासहितको फरक उत्साह अनुभूत गरिरहेको बताइन्। केही वर्षअघि लकडाउनको समयमा दुईवटा नाटकको प्रस्ताव आए पनि व्यस्तता र आत्मविश्वासको कमीका कारण स्वीकार नगरेको उनले खुलाइन्। "रिहर्सल र दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसारजस्तो थियो। समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइनँ," उनले भनिन्।
यसपटक रङ्गमञ्चमा उक्लिने कुरा कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका संचालक प्रकाश पुरीका कारण सम्भव भएको थापाको भनाइ छ। पुरीले रेखा फिल्म्सबाटै स्क्रिप्ट राइटरका रूपमा डेब्यु गरेकाले उनीमाथिको विश्वास र समय संयोजनको संयोग मिलेको उनले बताइन्।
यति मात्र नभई 'मीरा' उपन्यासको कथाले पनि थापालाई बलियो गरी आकर्षित गऱ्यो। "कथा सुनेपछि १५ दिन 'मीरा' को जीवन एकपटक जिएर हेरौं न भनेर हो। मीरा एउटा सच्चा क्रान्तिकारी हो। ऊ भावुक पनि छ। समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा 'मीरा' हुन मन लाग्यो," उनले भनिन्। थापाका अनुसार प्रेमका विभिन्न प्रकारहरू देखिने र तिनमा समाजका जात, समुदाय, आर्थिक वर्ग, दुई परिवारका द्वन्द्वलगायतका कुराहरूको प्रभाव पर्ने गरेको छ।
'मीरा' नाटकमा शीर्षक पात्र मीराको प्रेमकथा आमरूपमा सोच्दै-हेर्दै-देख्दै-पढ्दै आएका प्रेमकथाहरूभन्दा फरक रहेको उनले बताइन्। "एउटा यस्तो फरक प्रेमकथा छ, जुन तपाईं हामीले झट्टै सोचिहाल्ने वा अनुमान गरिहाल्ने किसिमको छैन। त्यो प्रेमकथामा वास्तविक जीवनकी रेखा थापा थिइन् भने त्यही प्रकारको विद्रोह गर्न सक्थी? के उसले त्यो प्रेम गर्न सक्थी? कसलाई छनोट गर्थी होला? समाज, परिवार, प्रेमी या प्रेममा कृष्णकी मीराझैँ हुन्थी? यस्ता प्रश्नको उत्तर यो नाटकमा छ," उनले भनिन्।
थापाले आफूलाई एउटा विद्रोही अभिनेत्रीका रूपमा हेरिए पनि आफूमा 'मीरा' पात्रको झैँ विद्रोही स्वभाव नभएको बताइन्। "प्रेमको मामिलामा त मैले विद्रोह नै गर्न पाइनँ। समाजसँग जुन विद्रोह गर्ने रेखा थापा छ, अन्याय अत्याचारविरुद्ध, पात्र त्यस्तै हो तर मीरा अझ बढी सशक्त र विद्रोही हो," उनले थपिन्।
सिनेमा र रङ्गमञ्चको फरक अनुभव
नाटकको अभिनय र सिनेमाको अभिनय दुवै अभिनय नै भए तापनि थापाको एक महिनाको अनुभवले यसलाई 'बिना एक्सन-कटको फिल्म' मानेकी छन्। "दुवैमा प्रयोग हुने त अभिनयका नवरस नै हुन्, तर यसमा एक्सन-कट, टेक-रिटेक भन्ने हुन्न। रिहर्सल पढाइ हो भने मञ्चन त्यसको परीक्षा जहाँ उत्कृष्ट हुनु जरुरी छ, जस्ट पास भन्ने नै हुँदैन," उनले भनिन्। उनले दर्शकहरूसँग प्रत्यक्ष रहेर गर्ने काम भएकाले पात्रमा सजीव हुनुपर्ने र यसमा शुद्धता, ठूलो स्वरमा बोल्नुपर्ने तथा एउटै रफ्तारमा बहनुपर्ने फरक अनुभव गरेको बताइन्।
नाटकलाई लिएर उनी अहिले आत्मविश्वासमा छन्। यो महिना दिनको अवधिले उनलाई 'हिरो' फिल्मबाट डेब्यु हुनुअघिको तयारीका दिनहरूको सम्झना गराइरहेको छ। "जीवनमा म दोस्रोपटक यसरी अभ्यास गरिरहेकी छु। 'हिरो' फिल्ममा डेब्यु हुने भएपछि १६ वर्षकी रेखा थापाले नृत्य र अभिनयको प्रशिक्षण लिएको सम्झना मलाई यतिखेर भइरहेको छ," उनले भनिन्। उनले विश्व बस्नेतले अभिनय सिकाएको र कमल राईले नृत्य अभ्यास गराएको स्मरण गरिन्। "आज २४ वर्षपछि म फेरि १८ वर्षकी मीरा हुने अभ्यास गरिरहेकी छु। यसमा दुईवटा मीरा छन्– एउटा १७–१८ वर्षकी र अर्को ३५–३६ वर्षकी। मलाई अहिलेको अभ्यासले पहिलाकै ऊर्जा बोकेकी रेखा थापा भएको अनुभव भइराखेको छ। अभ्यास गरिरहँदा पहिलो फिल्ममा डेब्यु गर्दाको अनुभव अहिले मलाई भइरहेको छ।"
सिनेमामा अभिनय गर्ने रेखा र अब नाटकमा देखिने अभिनेत्री रेखामा फरक अनुभव गरिरहेको उनले बताइन्। "यहाँ अझ बढी राम्रोसँग अभिनय गर्न पाइन्छ। एक्सन-कट हुँदैन, पात्रको संवेगसँग बग्नुपर्छ। एउटा लयमा बग्न पाइन्छ। अझ राम्रो प्रस्तुति 'मीरा'मा हुनेछ भन्ने मेरो विश्वास छ," उनले भनिन्। आगामी दिनमा नाटकमा पुनः मञ्चित हुने-नहुने कुरा आफूलाई आउने नाटकका प्रस्तावमा भर पर्ने उनको भनाइ छ। समय जुर्दा राम्रा कथा भएका नाटकलाई स्वीकार गर्ने उनले बताइन्। "मेरा लागि रङ्गमञ्च होस् या सिनेमा, अभिनय उत्तिकै सम्मानित र प्रगाढ भएर बसेको छ। त्यसैले नाटकका लागि भविष्यमा पनि म खुला नै हुनेछु," उनले भनिन्।
एक महिनाको नाटक जीवनपछि थापाको नजरमा नाटक एउटा साधना र ध्यानजस्तो अनुभव भएको छ। अब रेखा 'मीरा' को प्रदर्शनको पर्खाइमा छिन् र दर्शकका लागि आफू एउटा 'सरप्राइज' बनेर आउनेमा ढुक्क छिन्। यो नाटकले थापालाई धेरै उत्साह भरेको छ। उनी यो नाटकलाई मञ्चबाट बाहिर लाने सोचमा पनि छिन्। "हुनसक्छ यो सिनेमा नै बन्नेछ, तर त्यो नभएमा सिरिजका रूपमा निश्चित रूपमा आउनेछ। मैले यसका लागि निर्देशक सुन्दर धितालसँग कुरा गरिराखेकी छु।"
कुराकानीका क्रममा साथै रहेका निर्देशक सुन्दर धितालले सुरुमा रेखा थापालाई नाटकका लागि प्रस्ताव गर्न केही हिचकिचाएको भए पनि प्रस्ताव गरेपछि अभिनेत्री थापालाई पूर्ण रूपमा एउटा निर्देशकको कलाकारका रूपमा भेटेको बताए। थापालाई नाटक गराउन सहज भएको र आफूले चाहेको आकारमा नै उनले अभिनय गरेको निर्देशकको भनाइ छ। "मलाई उहाँसम्म पुग्न कठिन थियो सुरुमा, तर कान्तिपुर एकेडेमीमा आएर प्रकाश सरसँग कुरा गरेपछि सरले म उपन्यास पढ्छु भन्नुभयो। उहाँले 'दिदी पनि बगाले थापा हो र पात्र पनि, एकपटक कुरा गर्ने हो' भन्नुभयो। अनि उहाँलाई सोधियो, उहाँले सुन्छु भन्नुभयो। उहाँले मन पराउनुभयो र गर्न तयार हुनुभयो। तर सुरुमा मलाई यो चिज असम्भव लागिरहेको थियो," उनले भने।
'मीरा' नाटक जेठ १५ गते बिहीबारबाट असार ७ गतेसम्म प्रत्येक दिन (बुधबार बाहेक) साँझ ५ः३० बजे मञ्चन हुनेछ।