arrow

मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अनुमोदनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
pmo-12-11.jpg

काठमाडौँ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज दिउँसो प्रस्तुत गरिने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदनका लागि मध्याह्नमा मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकले संसदमा पेस गरिने बजेटलाई अन्तिम रूप दिनेछ। यसैगरी, आजै दिउँसो राष्ट्रिय योजना आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक पनि बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

दिउँसो ३:०० बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ