arrow

भारतले पाकिस्तानसँग सीमा जोडिएका चार राज्यमा गर्दै ‘मक ड्रिल’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
mock-drill-2025.jpg

नयाँदिल्ली । भारतले पाकिस्तानसँग सीमा जोडिएका राज्यहरूमा मक ड्रिल गर्ने भएको छ । बिहीबार साँझ मक ड्रिल गरिने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यसमा जम्मू कश्मीर, गुजरात, पञ्जाब र राजस्थान समावेश रहेका छन् । मानिसहरूलाई सतर्क रहन अपील गरिएको छ।

यसअघि मे ७ मा देशका २४४ जिल्लाहरूमा मक ड्रिल गरिएको थियो। यसमा नागरिकहरूलाई आक्रमणको समयमा आफ्नो सुरक्षाको लागि तालिम दिइएको थियो। युद्धको अवस्थामा जनताको सुरक्षा सुनिश्चित गर्न यो गरिएको थियो ।

देशमा अन्तिम पटक यस्तो मक ड्रिल सन् १९७१ मा गरिएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच युद्ध भएको थियो । यो मक ड्रिल युद्धको समयमा गरिएको थियो ।

वास्तवमा अप्रिल २२ मा पहलगाम आतंकवादी आक्रमण पछि मे ७ मा भारतले पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) र पाकिस्तानमा ९ आतंकवादी अड्डाहरूमा हवाई हमला गरेको थियो ।

सेनाले सय भन्दा बढी आतंकवादीहरूलाई मारेको थियो। यसलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो। त्यसबेलादेखि भारत र पाकिस्तानबीच तनाव जारी रहेको छ ।

गत अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा पाकिस्तानी आतंकवादीले हिन्दूधर्मीमाथि गोली हानेर एक नेपालीसहित २६ जनालाई मारेको थियो । 

त्यसको १५ दिनपछि भारतले अपरेशन सिन्दूर चलाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ