arrow

एक पाहुनाका लागि ७५ लाख खर्च गरी गर्दैछन् अमेजनका संस्थापकले विवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
amazon-jeff-.jpg

काठमाडौँ । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन् ।

समाचार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।

 विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । यो शाही विवाहमा करिब २०० जनालाई मात्रै निम्तो दिइने रिपोर्टमा दाबी गरिएको छ । 

 समाचार अनुसार प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिने भएको छ, जसको कारण यो खर्चको निकै चर्चा परिचर्चा रहेको छ । र त, केही रिपोर्टहरूले यो संसारको सबैभन्दा महँगो विवाह हुने दाबी गरिरहेका छन्।

यो विवाहको लागि अतिथिहरूको सूची तयार पनि तयार भईसकेको छ। जानकारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं जेरेड कुशनरको नाम यस शाही विवाहमा अतिथिहरूको सूचीमा परेका छन्।

यसबाहेक किम कार्दशियन, क्रिस जेनर, केटी पेरी र ओर्ल्यान्डो ब्लूम, ओप्रा विन्फ्रे, बिल गेट्स र मिरान्डा केरजस्ता ठूला नामहरू पनि समावेश भएका छन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ