arrow

सुनको मूल्यमा वृद्धि, तोलामा १७ सयले बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ  । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबारदेखि लगातार बढिरहेको पहेँलो धातुको मूल्य आज (बिहीबार) तोलामा रु एक हजार ७०० ले बढेको छ। यसैगरी, चाँदीको मूल्य पनि तोलामा रु ३५ ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ९१ हजार ५०० कायम भएको छ। त्यसैगरी, चाँदी प्रति तोला रु दुई हजार २५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ