arrow

तोलाको छ सय रुपैयाँले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा घटेको छ । सुन तोलामा ६०० रुपैयाँ घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलाको एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ