काठमाडौँ । आज साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ को लागि बलिउड अभिनेत्री तथा नर्तकी नोरा फतेही नेपाल आएकी छिन् । उनी आज बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आएकी हुन् ।
वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झन्डै ३ करोड खर्च गरेका छन् ।
कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिने भएका छन् । कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाईस अफ नेपालकी चन्द्रकला राईलगायत ५ जनाले आफ्नो प्रस्तुति दिने छन् ।
आयोजकका अनुसार नोरासँग गायक दुर्गेश थापाले विशेष प्रस्तुति दिनेछन् ।