काठमाडौँमा ‘सगरमाथा संवाद’ शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
600
Shares
काठमाडौँ। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय सम्मेलन ‘सगरमाथा संवाद’ आज काठमाडौंमा शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ। परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले समारोहमा विशिष्ट अतिथिहरूलाई स्वागत गरेकी थिइन्।
उद्घाटन समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म चल्ने यो संवादमा उद्घाटनपछि विभिन्न विषयगत र समानान्तर सत्रहरू सञ्चालन हुनेछन्।