-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जस्तो छ जीवनको बाटो हिन्दै जानुपर्छ
को आफ्नो को पराई यहाँ चिन्दै जानुपर्छ
आज भोलि कहाँ मिल्छ र नाता सित्तैमा
मूल्य कसको कति छ किन्दै जानुपर्छ
नसकिँदो रहेछ धेरै यहाँ बोझ पनि सहन
जेलिएका धागाहरू त छिन्दै जानुपर्छ
लाग्छ कैले कसो दातमा ढुङ्गा लागे सरि
त्यसैले त राम्रो नराम्रो छुट्टाउन जान्नुपर्छ
त्यसै कहाँ भन्दा रैछन् मान्छे हुन्छ बैगुनी
यहाँ त मान्छे भन्दा पनि पैसा र औकात पहिले हेरिने रहेछ ।