arrow

नेपालका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली र वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसबाहेक, उच्च हिमाली भेगका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ।

पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकहरूलाई सम्भावित मौसम परिवर्तनबारे सचेत रहन र आवश्यक सावधानी अपनाउन सल्लाह दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ