arrow

देशभर आंशिकदेखि साधारणतया बदली, पहाडी भेगमा वर्षाको सम्भावना

चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमानमा जनाइएको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ