arrow

राज्यमन्त्री गर्बुजाले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
khambahadur-garbuja-oath.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका छन् । 
     
प्रधानमन्त्री निवास, बालुवाटरमा आज आयोजित सपथ ग्रहणको कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

त्यस अवसरमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीपरिषद्का सदस्य, सरकारका उच्चपदस्थ अधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

गत १९ बैशाखमा पद तथा गोपनियताको सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो । 

गत वैशाख १० मा प्रधानमन्त्री ओलीले तत्कालीन उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तीमा परेपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसको सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ