नेपालले अवलम्बन गर्ने आन्तरिक र बाह्य नीति प्रष्ट छ - प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
853
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घको मूल्य र मान्यतालाई केन्द्रीकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताएका छन् । शनिबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपालले अवलम्बन गर्ने आन्तरिक र बाह्य नीतिहरू प्रष्ट र सही भएको बताए ।
उनले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्बन गर्दै आएको बताए । नेपालले शान्तिको पक्षमा विश्वमाझ वकालत गर्ने बताए । देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ । उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रहित सबैभन्दा माथि रहेको बताए । उनले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताए ।
उनले भने, ‘जनतामा रहेको सार्वभौमसत्ता स्वाधीनता शक्तिका स्रोत नै जनता हुन् भन्ने मान्यता त्यसलाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता स्वाधीनता स्वतन्त्रता भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूलाई तलमाथि पर्न नदिई र त्यसो गर्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व जस्ता कुराहरू यी कुराहरूलाई नबिर्सीकन मानवतावादी बसुधैव कुटुम्बकम् भन्ने भावनालाई ध्यानमा राखेर मानवतावादी दृष्टिकोणका साथ अगाडि बढ्छौँ । हामी देशभित्र शान्तिको पक्षमा छौँ, बाह्य पनि शान्तिको पक्षमा छौँ । र मानवजातीले हासिल गरेका उपलब्धिहरूको न्यायोचित वितरण र वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भनेर हामी ठान्छौँ । यी कुरा हाम्रा फण्डामेन्टल कुराहरू हुन् । हामी सुमधुर छिमेक सम्बन्ध, फलदायी सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध । पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध राखेर अगाडि बढ्छौँ । हाम्रा आन्तरिक र बाह्य नीतिहरू सबै सुस्पष्ट र सही छन् । हामी संयुक्त राष्ट्र सङ्घलाई अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबमा विश्व अर्डरको हिसाबमा, संयुक्त राष्ट्रसंघलाई केन्द्र भावका राखेर संयुक्त राष्ट्र सङ्घको मानव अधिकारको घोषणा पत्र र समानताका लागि विकासका लागि हामीले समानता शान्ति र विकासका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र अनुबन्धहरू गरेका छौँ, त्यसप्रति दृढ रहँदै मुख्यरुपमा संयुक्त राष्ट्र सङ्घका मूल्य,मान्यताहरूलाई सर्वोपरि र केन्द्र भागमा राखेर हामी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौँ । असंलग्न आन्दोलन आन्दोलनका सिद्धान्तलाई मानेर चल्छौँ सबैसँग मित्रता छैन कसैसँग शत्रुता हाम्रो नीति रही आएको छ ।’