arrow

बेथा आफ्नै

सँगै सडकमा उत्रेका शिक्षक पढाउन गए, चिकित्सक अझै आन्दोलनमा [फोटोफिचर]

भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने स्वाथ्यमन्त्रीको चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
pradip-poudel-82-1-19y.jpg

काठमाडौँ । आन्दोलित चिकित्सकहरुको प्रदर्शन जारी छ । उनीहरु ३० दिनदेखि आन्दोलनमा छन् । सँगसँगै आन्दोलन थालेका शिक्षकहरु माग पूरा भएर पढाउन गइसके तर चिकित्सकहरु माग पूरा नहुँदा बिरामीको उपचार गर्न जान पाएका छैनन् । 

चिकित्सकहरु उपचार गराउन नजाँदा अस्पतालमा पुगेका बिरामीहरु अलपत्र पर्दै आएका छन् । 

आजै नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मन्त्रालयमा आज बसेको वार्तापछि सहमति नहुँदा आज ३० औँ दिन पनि चिकित्सकहरुको प्रदर्शन जारी रहेको हो । 

यता स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरुलाई मन्त्रालयबाट दिइने कुनै पनि सुविधा नदिने बताएका छन् । 

शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरुका माग सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन्् । 

उनले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरुलाई निर्वाह भत्ता स्वरुप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको र उक्त निर्णय मान्नैपर्ने बताए । 

उनले चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्ने बताए । उक्त निर्णय नमान्ने हो भने राज्यसँगका कुनैपनि सम्बन्ध रहने स्थिति नहुने बताए । 

सम्वन्धन नै पनि खारेज हुने स्थिति आउने चेतावनी उनले दिए । हप्तामा ७२ घण्टा काम गरे पुग्ने स्थिति बनाउन, किरिया बिदा, सरकारी बिदा दिने कुराको व्यवस्थापन गर्न पनि मन्त्रालय सकारात्मक रहेको बताए । 

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्ने बताए । मन्त्रालयसँग सम्बन्धित सबैलाई कार्यान्वयन गर्न निर्देशन दिने बताए । 

doctors-protest-82-1-19 (1).jpeg
doctors-protest-82-1-19 (2).jpeg
doctors-protest-82-1-19 (3).jpeg
doctors-protest-82-1-19 (4).jpeg
doctors-protest-82-1-19 (5).jpeg
doctors-protest-82-1-19 (6).jpeg
doctors-protest-82-1-19 (7).jpeg
doctors-protest-82-1-19 (8).jpeg
doctors-protest-82-1-19 (9).jpeg
doctors-protest-82-1-19 (10).jpeg
doctors-protest-82-1-19 (11).jpeg
doctors-protest-82-1-19 (12).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ