arrow

जानकी मन्दिरमा जानकी जन्मोत्सव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
janaki-mohatsab.jpg

काठमाडौँ । जनकपुरधामस्थित जानकी मन्दिरमा जानकी जन्मोत्सवका औपचारिक कार्यक्रमहरू शुरु भएका छन् । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासकाअनुसार जानकी मन्दिरद्वारा आयोजित कार्यक्रममा आजदेखि हरेक दिन दिउँसो ४ बजे श्रीरामकथा वाचन र साँझ ७ बजे गर्भ गृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । 

साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलवार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ । त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिनेछ । जानकी जन्मदेखि छठिहारसम्म हरेक साँझ ७ बजे मन्दिरको गर्भ गृहमा जन्म बधाई गान गाइनेछ । 

मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते उपासनाका लागि मटकोर कार्यक्रम आयोजना हुनेछ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव भव्य रूपमा मनाइनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ