arrow

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
bindukumar-thapa-minister-gandaki.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् ।

पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् ।

“समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ”, उनले भने ।

मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए ।

उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै र अभिभावक शिक्षा जस्ता कार्यक्रमहरू ल्याइएको उल्लेख गरे ।

“शिक्षा अब केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन, प्रविधिमैत्री शिक्षाले मात्रै नेपाललाई बस्न योग्य, सीपयुक्त, र आत्मनिर्भर बनाउँछ”, उनले भने ।

मन्त्री थापाले उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै शिक्षालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।

स्नातक कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई शुभकामना दिँदै उनले नेपालमै अपार सम्भावना रहेको र युवाहरूले पढाइसँगै सीप विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो।

कलेजले समेत भविष्यमा गुणस्तरीय र व्यवहारिक शिक्षाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ