arrow

विदेशी विद्यार्थीप्रति ट्रम्प प्रशासन थप आक्रामक, अदालतमा हजारौँ मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
trump-sign-25.jpg

वाशिंगटन । अमेरिकी सरकारले गरेका विदेशी विद्यार्थीहरू माथिको धरपकडका बारेमा नयाँ विवरणहरू आउन थालेका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीप्रति डोनाल्ड ट्रम्प आक्रामक भए पनि नयाँ विवरणहरू अनुसार केही विद्यार्थीहरूले अमेरिकी अदालतमा मुद्दा दायर गरिरहेका छन् । जसका कारण भर्ना प्रक्रियासमेत स्पष्टीकरण बिना अचानक रद्द गरिएको थियो । 

उनीहरूले अमेरिकाको अनुमतिमा आएका विद्यार्थीहरूको भर्ना किन रद्द गरिएको कारण खोजेका छन् । यस्ता मुद्दा अदालतमा अहिले हजारौंको संख्यामा रहेका छन् । 

गत महिना मात्रै अध्यागमन र भन्सार प्रवर्तनद्वारा राखिएको विद्यार्थी डाटाबेसबाट उनीहरूको रेकर्डहरू हटाइएको थाहा पाउँदा अमेरिकाभरका विदेशी विद्यार्थीहरू छक्क परेका थिए। जसका कारण, अध्यागमन अधिकारीहरूले पक्रने डरले कोही लुकेर बसे वा पढाइ छाडेर घर फर्किन थालेका छन् ।

संघीय अधिकारीहरूले गत शुक्रबार भनेका थिए कि सरकारले बढ्दो अदालती चुनौतीहरू पछि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानुनी मान्यता पुनर्स्थापित गरिरहेको छ। तर भविष्यमा अन्तराष्ट्रिय विद्यार्थी भर्ना रोक्ने ढाँचा पनि सँगसँगै तयार गरिरहेको छ । 

गत सोमबार अदालतमा नयाँ नीति सार्वजनिक गरिएको थियो जसमा विद्यार्थीको कानूनी मान्यता खारेज गर्ने आधार के हुन सक्छ भन्ने प्रश्न उठाइएको थियो ।  यसमा उनीहरूले अमेरिका प्रवेश गर्न प्रयोग गरेको भिसा रद्द गर्नु पनि समावेश गरिएको थियो ।

अध्यागमन अधिवक्ता ब्राड बानियास एक विद्यार्थीको प्रतिनिधित्व गर्दैछन्, जसको भर्ना समाप्त गरिएको थियो । ‘यसले उनीहरूलाई राज्य विभागलाई उनीहरूको भिसा रद्द गर्न र त्यसपछि ती विद्यार्थीहरूलाई निष्काशन गर्न स्वतन्त्रतामा लगाम लगाइ दिएको थियो । यदि उनीहरूले कुनै गल्ती नगरेको भए पनि रद्द गरिएको थियो, त्यसमा केही रोक लागेको छ,’ उनले भने।

भिसा रद्द भएका वा कानूनी मान्यता गुमाएका धेरै विद्यार्थीहरूले आफ्नो अभिलेखमा सानातिना त्रुटिहरू मात्र भएको बताएका छन्। कतिपयलाई किन निशाना बनाइयो भन्ने पनि थाहा छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ