शिक्षा विधेयकबारे एमाले सांसदले मागे शिक्षामन्त्रीको धारणा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
1k
Shares
काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै शिक्षा विधेयकमा शिक्षामन्त्री पन्तको धारणा माग गरेका हुन्।
उनले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुङ्ग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने बताए । उनले शिक्षकको आइतबारको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताए ।
उनले भने, ‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु, यस्तो हुनु नपर्ने हो । प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन् । राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो । यस्तो गर्नु उचित होइन ।’ उनले शिक्षकहरूलाई समेत संयमित भएर आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन आग्रह गरे ।