म आफैंसँग भाग्न सक्दिन
मलाई त बस्
यो टुटेको भाग्यसँग भाग्न मन छ
म
जित्नको लागि त्यो आफ्नो लक्ष्यलाई
जीवन भर खेदाउन सक्छु
तर म भाग्न सक्दिन
म भाग्न सक्दिन
किनकि मलाई जिउँदो राख्ने
मेरा अधुरा रहरहरु छन्
सपनाहरू छन्
मलाई जिउँदै मारिराख्ने
मेरा हारहरु छन्
यी जिउँदै मरिरहेका
हारहरुलाई जितमा बदल्नु छ
होला केही समय दुःख
यहाँ कोही आफ्नो हुँदैनन्
दुःखमा साथ कसैले दिँदैनन्
भोग्ने आफैंले हो
सङ्घर्ष आफ्नै हो
पीडा पनि आफ्नै हो
न त साटेर साट्न मिल्छ
न त बाँड्न
आफ्नो पीडा आफैंलाई थाहा छ
आफ्नो दुःख आफैंलाई थाहा छ
त्यसैले म भाग्न मिल्दैन
टुटेका सपनाहरूदेखि
मैले जसरी पनि पूरा गर्नैपर्छ
जहाँ म आफूलाई
खुशी देख्नको लागि
एक सफल ब्यक्ति हुनको लागि
त्यसैले म मैदानमा उत्रिनै पर्छ
जुन आफूले देखेका
हजार सपनाहरूलाई
जितमा परिणत गर्नको लागि
म हार्न होइन
जित्न जन्मेको मान्छे
त्यसैले अब धेरै जित्नुछ ।