arrow

आइतबारदेखि काठमाडौं उपत्यकामा मौसम बदली, तापक्रम घट्ने

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि लगातार बढिरहेको तापक्रम शनिबारसम्म यथावत रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आगामी आइतबारदेखि भने मौसममा बदली आउने र तापक्रममा गिरावट आउने सम्भावना छ। आज काठमाडौं उपत्यकाको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, यी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसरी, काठमाडौं उपत्यका लगायत देशका पहाडी तथा हिमाली भेगमा आइतबारदेखि मौसम परिवर्तन हुने सम्भावना देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ