रोबर्टो कार्लोस दशरथ रंगशालामा, हाने दुई फ्रिकिक गोल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
1k
Shares
काठमाडौँ । ब्रजिलियन फुटबल लिजेन्ड रोबर्टो कार्लोस बुधबार साँझ दशरथ रंगशालामा पुगे । एनसेल एनएसलको खेल हेर्न मंगलबार बिहान काठमाडौँ आइपुगेका उनी बुधबार साँझ रंगशाला पुगेका हुन् ।
उनले दर्शकलाई अभिवादन गरे । त्यसपछि उनी ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठसँग फ्रिकिक खेले । उनले पाँच ओटा फ्रिकिक हाने । जसमा दुई गोल गरे । उनको दुई प्रहार समितले रोके । एउटा प्रहार भने आकासिएको थियो ।
उनले रंगशालामा एनएसएल अन्तर्गतको पोखरा थन्डर्स र धनगढी एफसीबीचको दोस्रो क्वालिफायर खेल हेरे । उक्त खेलमा १–० को जित हासिल गर्दै पोखरा फाइनलमा पुगेको छ भने धनगढी बाहिरिएको छ । धनगढी यसअघि लगातार दोस्रो पटक फाइनल पुगेको थियो । यसपालि चुक्यो ।