काठमाडौँ । एमाले सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । सरकारको सिफारिसमा पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीको जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सोमबार मात्रै शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । उनको राजीनामाको दुई दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा मन्त्री बनाएका हुन् ।