arrow

रोबर्टो कार्लोसले भेटे प्रधानमन्त्री ओलीलाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
roberto-carlos-pm-oli-meet.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल लिजेन्ड रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।

विश्वविजेता कार्लोस एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । 

प्रधानमन्त्री ओलीले नेपाल र ब्रजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुशी लागेको बताए । 

roberto-carlos-pm-oli (1).jpg
roberto-carlos-pm-oli (2).jpg
roberto-carlos-pm-oli (3).jpg
roberto-carlos-pm-oli (4).jpg
roberto-carlos-pm-oli (5).jpg
roberto-carlos-pm-oli (6).jpg
roberto-carlos-pm-oli (7).jpg
roberto-carlos-pm-oli (8).jpg
roberto-carlos-pm-oli (9).jpg
roberto-carlos-pm-oli (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ