arrow

देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । नेपालको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम बुलेटिन अनुसार, देशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा यो प्रणालीको प्रभाव बढी देखिने अनुमान गरिएको छ। यसका साथै, उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उच्च भेगमा यात्रा गर्नेहरूले थप सावधानी अपनाउनुपर्नेछ।

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव विद्यमान छ। यसकै कारण कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। यो वायु प्रणालीको विकाससँगै पहाडी भेगमा वर्षाको सम्भावना बढेको मौसमविद्हरूले बताएका छन्।

आगामी तीन दिनको मौसम पूर्वानुमानलाई विश्लेषण गर्दा, कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा मंगलबारसम्म वर्षाको सम्भावना कायमै रहको छ। अन्य प्रदेशका पहाडी भेगमा पनि आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको छ। बुधबारदेखि भने मौसममा सुधार आउने र अधिकांश भू-भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ