सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
845
Shares
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिर निस्कने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूले आफ्ना नेताहरूको रिहाइको माग गर्दै सिंहदरबारमा पर्चा देखाएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। यसअघि उनीहरू संसदीय दलको कार्यालयमा नजरबन्दमा परेका थिए।