वृहस्पति ग्रहको गोचर शुभ रहनाले शैक्षिक तथा बौद्धिक क्षेत्रका कामहरू सफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
730
Shares
कुम्भ राशिका लागि यो वर्ष समग्रमा राम्रो रहन्छ । वृहस्पति ग्रहको गोचर शुभ रहनाले शैक्षिक तथा बौद्धिक क्षेत्रका कामहरू सफल हुनेछन् ।सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नुका साथै धार्मिक कार्यमा मन लाग्नेछ । स्वास्थ्य सम्बन्धी समस्याबाट राहत मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनुका साथै आर्थिक प्रगति हुनेछ ।
शनि तथा राहु–केतुको गोचर प्रतिकूलताका कारण शरीरमा उर्जाको कमी अर्थात् आलस्यता बढ्ने, चंचलता बढ्ने, मन अस्थिर रहने, अनावश्यक विवादमा फस्ने समय रहेकाले सतर्कता अपनाउनु पर्छ ।
यो वर्ष महिनाका दृष्टिले वैशाख, साउन, मङ्सिर र पुष महिना शुभ रहेका छन् । त्यस्तै जेठ, असोज र माघ महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहेका छन् ।
वैशाखः मनोबलमा कमी जेठः हीनता असारः शत्रु पराजय साउनः यात्रा भदौः कष्ट र परिश्रम असोजः कान्तिक्षय कार्तिकः धन नाश मङ्सिरः कार्यसिद्धी पुसः धन नाश र पीडा माघः स्थान परिवर्तन फागुनः हाीि नोक्सानी चैतः स्वास्थ्य लाभ
कार्यक्षेत्रः व्यापार व्यवसायको दृष्टिले यो वर्ष लाभदायी रहनेछ। शनिगत व्यापार जस्तै हार्डवेयरसम्बन्धी व्यापारबाट लाभआर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभका विभिन्न मार्गहरू खुल्नेछन्। नोकरी वा पेशाक्षेत्रमा धेरै जिम्मेवारी प्राप्त होला। सामाजिक कार्यमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा स्थान परिवर्तनका योग छन्।
प्रेम सम्बन्धः कार्यक्षेत्रमा आफन्तको सहयोग मिल्नेछ। शनिको अनुकूल प्रभावले बिगरिएका सम्बन्ध बन्नेछन्। नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्ला। बृहस्पतिको अनुकुल प्रभावले केही अप्ठ्यारा परिस्थितिहरू उत्पन्न हुनेछ। दाम्पत्य जीवनमा सानातिना प्रतिकूल स्थिति उत्पन्न हुनेछन।
स्वास्थ्यः स्वास्थ्यसम्बन्धी चिन्ताबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा बृहस्पतिको प्रतिकूल प्रभावले पेटसम्बन्धी समस्याले सताउनेछ। नशासम्बन्धी वा हड्डीसम्बन्धी पुरानो समस्यामा कमी आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि भगवान सूर्यलाई अर्ग दिनुहोस्।
शिक्षाः यो वर्ष शिक्षाका लागि सफल र फलदायी समय रहनेछ। टेक्नोलोजीसम्बन्धी शिक्षा फलदायी रहनेछ। साहित्य वा कला र शिक्षणको क्षेत्रमा सफलता मिल्नेछ। पढाइ लेखाइका लागि विदेशतिर जाने योगमा बाधा आउन सक्ला।
शुभ रंगः कालो, नीलो, बैजनी र खैरो । शुभ अंकः ३, ६, र ९ । शुभ बारः बुधबार, शुक्रबार र शनिबार । शुभ महिनाः कार्तिक, पुष र चैत ।