arrow

कन्या राशिफल २०८२

कन्या राशिका लागि यो वर्ष समग्रमा शुभ

जेठबाट शत्रु नाश हुने, आर्थिक आर्जनका मार्ग प्रशस्त हुन सक्ने, कृषि तथा पशुपालनबाट लाभ मिल्न सक्ने समय

logo
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
horoscope-kanya-virgo.jpg

कन्या राशिका लागि यो वर्ष समग्रमा शुभ रहेको छ । वृहस्पति र राहुको गोचरले वर्षको सुरुआतमा पारिवारिक क्षेत्र तथा स्वास्थ्यमा समस्याको सामना गर्नुपर्ने रहे पनि जेठबाट शत्रु नाश हुने, आर्थिक आर्जनका मार्ग प्रशस्त हुन सक्ने, कृषि तथा पशुपालनबाट लाभ मिल्न सक्ने समय छ । 

शनि र केतुको प्रतिकूल गोचरका कारण अनावश्यक काममा समय व्यतित हुने, मानसिक चिन्ता बढ्ने, साझेदारी काममा विवाद आउन सक्ने रहेकाले सतर्क रहनुपर्छ। यो वर्ष महिनाका दृष्टिले असार, साउन, मङ्सिर र फाल्गुन महिना शुभ रहेका छन्। त्यस्तै वैशाख, भदौ, पुष महिना अशुभ छन् भने अन्य महिना सामान्य रहेका छन् । 

यो वर्षको 
वैशाखः कष्ट र परिश्रम
जेठः कान्ति क्षय
असारः कार्यसिद्धि
साउनः विजय लाभ
भदौः खर्च वृद्धि
असोजः शारीरिक पीडा
कार्तिकः नोक्सानी
मङ्सिरः धन प्राप्ति
पुसः मान सम्मान प्राप्ति
माघः आर्थिक संकट
फागुनः शत्रु नाश
चैतः लामो यात्रा

कर्मक्षेत्र–जागिरः नयाँ वर्ष कन्या राशिका लागि मिश्रित फलदायी रहनेछ । केही चुनौती देखा पर्नेछन् । विशेषतः ग्रह गोचर र विभिन्न ग्रहको प्रभावले व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउने छ ।

आर्थिकः आर्थिक अवस्था वृद्धि हुने संभावना छ, तर खर्चमा पनि वृद्धि हुन सक्छ। विशेष गरेर नयाँ लगानी वा व्यवसायमा अवसर प्राप्त हुनेछ। व्यापार र वैदेशिक कार्यमा मुनाफा हुने योग छ। सेयर कारोवार फलिभूत रहनेछ। कुनै नयाँ आर्थिक योजना अघि बढाउँदा सावधानी अपनाउनु होला। भूधन फलिभूत रहनेछ।

परिवारः पारिवारिक जीवन मिश्रित फलदायी रहनेछ । परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ । प्रेम र विवाहसम्बन्धी कुरामा प्रगति हुनेछ। प्रेम सम्बन्ध स्थिर रहन सक्ने देखिन्छ । प्रेमिल यात्राका योग देखिन्छन् ।

शिक्षाः शिक्षाको क्षेत्रमा यस वर्ष तपाईले इच्छित सफलता पाउने संभावना देखिन्छ। विशेष गरेर उच्च शिक्षा वा विशिष्ट क्षेत्रहरूमा प्रगति हुनेछ। भविष्यमा नयाँ अवसर आउन सक्छन्।

स्वास्थ्यः यस वर्ष स्वास्थ्यमा केही चुनौती आउन सक्छन् । विशेष गरेर पाचनतन्त्र र मानसिक स्वास्थ्यमा गडबढी देखिन सक्छ। उच्च रक्तचाप र मुटुका समस्याको सम्भावना रहेकाले नियमित चेकअप र खानपानमा ध्यान दिनु आवश्यक छ ।

राजनीतिः राजनीतिका दृष्टिले वर्ष फलिभूत रहनेछ । सामान्य मतभेदको भने सामना गर्नुपर्ने देखिन्छ । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् ।

शिक्षाः यो वर्ष अध्ययनको क्षेत्रमा सफलता मिल्नेछ। इन्जिनियरिङ वा मिडिया र आइटी क्षेत्रको अध्ययनमा विशेष सफलता मिल्ला।

उपायः ॐनमो भगवते वासुदेवाय मन्त्रको जप शुभ फलदायी रहनेछ । नित्य गायत्रीको जप एवं ध्यानले नयाँ ऊर्जा प्राप्त हुने देखिन्छ । ग्रहको प्रतिकूल प्रभावलाई न्यून बनाउनका लागि सगुण र संयमको अभ्यास गर्नुहोला । स्वस्थ र सकारात्मक आचरण अपनाउन प्रयास गर्नुहोला । अन्य पक्ष सुखद् नै रहनेछन् ।

शुभ रंगः हरियो, सेतो र सुन्तला ।
शुभ अंकः ३, ५ र ८ ।
शुभ बारः बुधबार, शुकबार र शनिबार ।
शुभ महिनाः असार, साउन, मंसिर र फागुन । अन्य महिना सामान्य रहनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ