arrow

सिंह राशिफल २०८२

सिंह राशिका लागि वर्ष शुभ, वृहस्पतिको गोचर वर्षैभर फलदायी

अध्ययन अध्यापनको क्षेत्र राम्रो रहने, कानूनी क्षेत्रबाट उल्लेख्य प्रगति हुने

logo
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
horoscope-singh-leo.jpg

सिंह राशिका लागि यो वर्ष शुभ रहेको छ । वृहस्पति ग्रहको गोचर वर्षभरि शुभ फलदायी रहने भएकाले नयाँ कामको शुरुआत तथा व्यवसाय शुरु गर्ने समय छ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ भने कानूनी क्षेत्रबाट पनि उल्लेख्य प्रगति हुन सक्छ । 

पारिवारिक समझदारी र प्रेम जीवनमा विश्वासको वातावरण बन्नेछ । शनि तथा राहु–केतुको अशुभ गोचरका कारण काममा क्षेत्रमा अविश्वासको सामना गर्नुपर्ने, शरीरमा चोटपटक लाग्न सक्ने, नशा तथा हातखुट्टा दुख्ने समस्या हुन सक्ने, काममा ढिलासुस्तीको सामना गर्नुपर्ने हुन सक्ने भएकाले सतर्क रहनुपर्छ।

यो वर्ष महिनाका दृष्टिले जेठ, असार, कार्तिक, माघ महिना शुभ रहेका छन्। साउन, मङ्सिर र चैत महिना अशुभ छन् भने अन्य महिना सामान्य रहेका छन्। 

यो वर्षको
वैशाखः स्वास्थ्यसम्बन्धी समस्या
जेठः सुखलाभ
असारः आकस्मिक रूपमा धन र वाहनको लाभ
साउनः अनावश्यक खर्च
भदौः स्थान परिवर्तन
असोजः यात्रा
कार्तिकः धनलाभ र सुख प्राप्ति
मङ्सिरः आर्थिक संकट
पुसः स्वास्थ्यमा समस्या
माघः शत्रुनाश
फागुनः लामो यात्रा र खर्चमा वृद्धि
चैतः पारिवारमा स्वास्थ्य सम्बन्धी समस्या र चिन्ता

कर्मक्षेत्र–जागिरः सिंह राशिका लागि नयाँवर्ष उपलब्धिमूलक रहनेछ। कर्मक्षेत्र बलवान् देखिन्छ। कार्यप्राप्तिका योग देखिन्छन् । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । मित्र पक्षबाट लाभका योग देखिन्छन् । पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन्। साहसिक कार्यमा मन प्रवृत्त रहनेछ। नयाँ व्यवसायिक मार्ग मिल्नुका साथै सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । मित्र जनबाट लाभका योग देखिन्छन् ।

आर्थिकः आर्थिक पक्ष सुदृढ रहनेछ । निवेश र विकासका अवसर मिल्नेछन् । साँझेदारीमा भएका व्यवसायीले केही चुनौतीको सामना गर्नु पर्ने देखिन्छ, जसका लागि स्पष्ट संवाद र सोचविचारपूर्वक निर्णय लिनु उचित हुनेछ । व्यवसाय र रोजगारमा नयाँ अवसरहरू मिल्नेछन्। घर–जग्गा किनबेचबाट लाभ उठाउने सम्भावना छ। सेयर व्यवसाय उन्नत रहनेछ। आषाढदेखि कार्तिकसम्म आम्दानीका राम्रो स्रोतहरू खुल्नेछन् । धातुजन्य वस्तुबाट लाभ हुनेछ । जग्गा जमीनको कारोबारमा पनि वृद्धि हुने देखिन्छ । रसजन्य वस्तुको व्यवसाय बढ्नेछ ।

शिक्षाः अध्ययनमा गरेको मेहनत सफल हुनेछ। प्रतियोगितात्मक परीक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक कामका लागि अवसर मिल्नेछ । कलात्मक क्षेत्रमा विशेष अभिरुचि रहनेछ। अनुसन्धानका पक्ष पनि फलिभूत रहनेछन् । विज्ञान र गणितका अध्ययनार्थीका लागि वर्ष सुखद् रहनेछ।

पारिवारिकः पारिवारिक पक्ष सुखद् रहनेछ । सन्ततिलाभका योग देखिन्छन्। प्रेमसम्बन्धमा गाढा आत्मीयता बढ्नेछ । सन्तान सुखका योग देखिन्छन् । सामाजिक र धार्मिक कार्यका लागि शुभ समय रहनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । धार्मिक यात्राको अवसर मिल्नेछन् । अरूलाई प्रेरित गर्न सकिने र मान–सम्मान प्राप्ति हुने छ ।

स्वास्थ्यः स्वास्थ्यमा विशेषगरी श्रावण, माघ र चैत्र महिनामा प्रतिकूल रहनसक्ने देखिन्छ । खानपानमा ध्यान दिनु उचित हुनेछ। शीतकारक वस्तुको प्रयोगमा सजग रहनु लाभप्रद हुनेछ ।

राजनीतिः राजनीतिकर्मीका निम्ति वर्ष सुखद् रहनेछ। पद प्रतिष्ठामा वृद्धि हुनेछ । आलोचकबाट सजग रहनु सुखद् रहने देखिन्छ। मित्रपक्षबाट साथ सहयोग मिल्ने देखिन्छ । 

उपायः आध्यात्मिक कार्यमा मन प्रवृत्त रहनेछ। समग्र कल्याणका निम्ति शिवजीको आराधना शुभ रहनेछ। लेनदेनका साथै निर्णय गर्दा बुद्धिपक्षको प्रयोग सुखद् रहने देखिन्छ। साथै वृद्धहरूलाई सहयोग गर्ने साथै भगवान सूर्यलाई अर्घ दिने, गायत्री मन्त्रको जप गरेर आफ्नो भाग्यमा वृद्धि गर्न सक्नुहुनेछ । शनि ग्रहको विशेष शान्ति गर्नुहोला ।

शुभ रंगः रातो, सुनौलो र पहेँलो ।
शुभ अंकः १, ७ र ९ ।
शुभ बारः आइतबार, मंगलबार र बिहीबार।
शुभ महिनाः जेठ, असार, कातिक र माघ भने अन्य महिना मध्यम फलदायी रहनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ