मिथुनका लागि यो वर्ष सामान्य, वैदेशिक व्यापार, रोजगार र अध्ययन अध्यापन क्षेत्र राम्रो
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
760
Shares
मिथुन राशिका लागि यो वर्ष सामान्य रहेको छ । जग्गाजमीनको कारोबार, वैदेशिक व्यापार, वैदेशिक रोजगारको क्षेत्र, अध्ययन अध्यापनको क्षेत्र यो वर्ष राम्रो रहन्छ । शनि ग्रहको गोचरका कारण कर्मप्राप्तिको योग बनेको भए पनि ढिलासुस्ती बाधा आदिको सामना गर्नुपर्ने हुन सक्छ ।
बृहस्पति, राहु र केतुको गोचर अशुभ फलदायी रहने भएकाले अनावश्यक विवादमा फस्ने, बिना अर्थको काममा समय व्यतित हुन सक्ने, गैरकानूनी क्षेत्रमा रुची बढ्न सक्ने रहेकाले सतर्क रहनुपर्छ ।
यो वर्ष वैशाख, भदौ, मङ्सिर र चैत महिना शुभ रहेको छ । त्यस्तै असोज, माघ र जेठ महिना अशुभ रहेको छ भने अन्य महिना सामान्य रहेका छन् ।
यो वर्षको वैशाखः स्वास्थ्यमा समस्या जेठः अज्ञात भय असारः आत्मविश्वासमा कमी साउनः श्रीप्राप्ति भदौः रोग वा भय असोजः शत्रुनाश कार्तिकः कार्य क्षेत्रमा संघर्ष मङ्सिरः यात्रा पुसः रोग माघः धर्म प्राप्ति फागुनः कार्यसद्धि चैतः अप्रत्यासित धनलाभ
कर्मक्षेत्र–जागिरः मिथुन राशिका लागि नयाँवर्ष चुनौती र अवसरले भरिपूर्ण रहने देखिन्छ। ग्रह गोचरले तपाइँका जीवनका विभिन्न क्षेत्रमा मिश्रित प्रभाव पार्नेछन् कर्मक्षेत्र सबल रहनेछ। भौतिक वस्तुबाट लाभका योग देखिन्छन् । कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् परिभ्रमणका अवसर मिल्नेछन्। अधुरा काम बन्ने देखिन्छ। शत्रुपक्षबाट भने सजग रहनु रहन् नै उचित हुनेछ। हुनेछ। पद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ।
आर्थिकः आर्थिक दृष्टिले नयाँवर्ष सुखद् रहनेछ । भूधन लाभप्रद रहनेछ । जग्गा जमीनको व्यवसाय लाभप्रद रहनेछ । जलीय क्षेत्रको व्यवसाय मध्यम फलदायी रहनेछ सेयर कारोबारबाट लाभहुने देखिन्छ। फाल्गुन र चैत्र महिनामा आर्थिक दृष्टिले अस्थिर रहन सक्नेछन् । ठूला लगानी वा ऋण लिने काम गर्दा सतर्क रहनु उचित हुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय लिंदा वा सम्झौतामा हस्ताक्षर गर्दा बुद्धिपक्षको उपयोग उचित हुनेछ। विशेषतः वैशाखदेखि भदौसम्म कार्यक्षेत्रमा सकारात्मक प्रगति हुनेछ । व्यापार वा नोकरी गर्नेहरूका लागि नयाँ अवसर प्राप्त हुनेछ ।
शिक्षाः विद्याको भाव फलिभूत नै रहने देखिन्छ । वैदेशिक क्षेत्रबाट पनि लाभका योग देखिन्छन् । कलात्मक पक्षको अध्ययन अध्यापन यो वर्ष सुखद् रहने देखिन्छ। नयाँ खोज अनुसन्धानमा प्रवृत्ति बढ्नेछ । विशेषतः भाद्र र माघ महिनामा विदेश यात्राको सम्भावना रहनेछ।
राजनीतिः राजनीतिको क्षेत्र यो वर्ष लाभदायक नै देखिन्छ। सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुनेछ। बोलिको प्रभावका कारण मानिसहरू आकर्षित हुनेछन्।
दाम्पत्य जीवनः दाम्पत्य जीवनमा मिश्रित फलदायी रहनेछ । सन्ततिबाट सुखका योग देखिन्छन् । प्रेमपक्ष अनुकूल नै रहने देखिन्छ।
स्वास्थ्यः स्वास्थ्यका दृष्टिले वर्ष मिश्रित फलदायी रहनेछ। साउन र मंसिर महिनामा विशेष सतर्क रहनु होला। खानपानमा ध्यान दिनु उचित रहनेछ।
उपायः धैर्य र संयमको अभ्यासका साथै गायत्रीको मन्त्रजप एवं ध्यान शुभ फलदायी रहनेछ। मंगलबारका दिन गणेश भगवानको पूजा गर्दा राम्रो हुनेछ। शुभ समयलाई सदुपयोग गरी लक्ष्यमा केन्द्रित रहनु कल्याणदायी रहनेछ। साथै बृहस्पति, शनि, राहु र केतुगत शान्तिको साथमा देवि उपासना साथै महामृत्युञ्ज जप आदि गराएर शुभफल प्राप्त गर्न सक्नुहुनेछ।
शुभ महिनाः वैशाख, असार, भदौ, माघ रहने छन् । शुभ रंगः हरियो, पहेलो र केशरी । शुभ अंकः ५,६ र ९ । शुभ बारः सोमबार, बुधबार, र बिहीबार ।