यू–१९ विश्वकप एसिया क्रिकेटमा नेपालको विजयी शुरुआत, यूएई डीएलएसमा ५ रनले पराजित
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
863
Shares
काठमाडौँ । काठमाडौँमा शुरु भएको आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।
तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई डकवर्थ लेविस स्टर्न (डीएलएस) मा ५ रनले पराजित गर्दै विजयी शुरुआत गरेको हो ।
२०१ रनको चुनौती पछ्याएको यूएईले वर्षा र खराब प्रकाशका कारण खेल रोकिनुपूर्व ३६ ओभरमा ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । यायिन किरण राईले अविजित रहँदै १०४ रन बनाएका थिए ।
यसअघि वर्षाले ४० ओभरमा झारिएको खेलमा नेपालले २०० रन बनाएको थियो ।
आजको अर्को खेलमा माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले खेलेका छन् ।