arrow

जनकपुरमा सरकारविरुद्ध प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
dhanusa-pradarsan.jpg

काठमाडौँ । जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।  गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आइतबार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो । 

विरोधमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरूको नाम लिएर विरोध जनाएका छन् । उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झन्डा बोकेर जनकपुरधामको विभिन्न भाग परिक्रमा गरेका थिए । 

सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ