मूलपानीका दुई मैदानमा विश्वकप एसिया छनोटका खेल [फोटोफिचर]
नेपाल–यूएई तथा अफगानिस्तान–ओमान मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
679
Shares
काठमाडौँ । काठमाडौँमा आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि शुरु भएको छ । घरेलु टोली नेपालले पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
खेल तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुनुपर्नेमा वर्षाका कारण मैदान भिजेकाले ढिला गरी शुरु भएको हो । खेलमा यूएईले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
नेपालले पहिले ब्याटिङ गरिरहेको छ । खेललाई ४० ओभरमा झारिएको छ । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् ।
अर्को खेलमा माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।