पोखरा । सहरी भीडभाड र कोलाहलबाट अलिक टाढा छ वेगवान बेगनास ताल। पोखरामै भए पनि फेवातालमा जस्तो भीडभाड हुँदैन बेगनास तालमा। भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो।
फेवातालभन्दा केही वर छ बेगनास ताल। पोखरा घुम्न जानेहरूको सूचीमा यो ताल पनि पर्छ। निश्चल तालमा डुंगा चलाउन, माछा मार्न र चारो खुवाउनका लागि मानिसहरु आउँछन्।
अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रूखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरंगित बनाउँछ ।