जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो - पूर्वप्रधानन्यायाधीश कार्की [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
925
Shares
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरूलाई भाषा र सिलसिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उनले पुस्तक लेख्दा भाषागत रूपमा पठनीय हुनुपर्ने बताइन् । उनले आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको सँगालोमा साहित्य पुस्तकहरू लेख्न सकिने बताइन् ।
उनले पाण्डे परिबार साहित्य लेखनमा मात्रै नभई देशलाई माथि उकास्ने खानदानी परिवारको रूपमा चिनिएको बताइन्। उनले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रस्तुत गरेको बताइन् ।
उनले भनिन्, ‘साहित्य भन्ने कुरा जहाँसम्म मलाई लाग्छ मान्छेले जीवनमा जे भोगेको हुन्छ, मान्छेले जे अनुभूति गरेको हुन्छ । मान्छेले जे देखेको हुन्छ, जल्लाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ । उनले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरूको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिँड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पीढीले त त्यही नै भोगेको हो । त्यो बेलाको उनले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ । यो हेर्दा के देखिन्छ भने एउटा पाण्डे परिबार खान्दानीया बलियो, नेपाली समाजलाई, मुलुकलाई उकास्ने गोपाल असीम पाण्डे भनेपछि कसले नचिन्ने र ? गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तर मनको भावनालाई प्रतीत गर्नुभएको छ ।’