arrow

घमण्ड किन ? 

logo
कविता गौतम, 
प्रकाशित २०८१ चैत ३० शनिबार
kabita-gautam-81-12-30.jpg

किन तछाड मछाड गर्छौं 
मरेपछि खोजी पनि हुँदैन

जीवन अजम्बरी हुँदैन
सधैंभर एकनाश पनि हुँदैन 

के को घमण्ड गर्छौँ क्या
झुटो संसार जुनिभरी हुँदैन 

अरे यो दुनियाँमा स्वार्थमात्र किन क्या
यति चाहिँ बुझ जाने दिन दैव पनि आफ्नो हुँदैन

किन तेरो मेरो अहंकार गर्छौँ
जाने दिन कसैको रोक हुँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ