arrow

हेटौँडाले जित्यो भेट्रान्स कप रनिङ शिल्ड फुटबलको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
hetauda-champions-81-12-28.jpg

कास्की । ‘आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटबल’ भन्ने नारासहित पोखरामा सञ्चालन भएको तेस्रो संस्करणको ४५ वर्ष उमेर समूहमाथिको ‘एट ए साइड भेट्रान्स कप रनिङ शिल्ड’ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा भेट्रान्सले जितेको छ ।

अमरसिंह ब्वाइज क्लबले आयोजनामा पोखरा रङ्गशालामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा हेटौँडा भेट्रान्सले रूपन्देही ११ लाई  २–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । 

खेलको पहिलो हाफको १९औँ मिनेटमा हेटौँडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।  त्यसैगरी,  दोस्रो हाफको २७औँ मिनेटमा अटल बर्माले दोस्रो गोल गर्दै हेटौँडाको उपाधि सुनिश्चित गराएका थिए ।

च्याम्पियन बनेको हेटौँडाले उपाधिसहित  नगद रु एक  लाख ५५ हजार ५५५, शिल्ड, मेडल र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता रूपन्देहीले नगद रु ७७ हजार ७७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हटौँडाका उदय गुरुङले हात पारे । गुरुङले नगद रु १० हजार प्राप्त गरे । प्रतियोगिताका विजेताहरूलाई गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ, गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा देशका विभिन्न स्थानबाट गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेको क्लबका सचिव विजय घिमिरेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ