arrow

काठमाडौँमा पनि हल्का वर्षा, हल्का राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
kathmandu-rainy-weather.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ । लामो समयको खडेरी र वायु प्रदूषणले अत्यास लगाइरहेका बेलामा परेको हल्का वर्षाले थोरै भए पनि राहत दिएको छ । वर्षा नै नहुँदा आकाश धुम्म हुँदै आएको छ । 

दिनभर तुवाँलोले गर्दा समस्या बढ्दै आएको छ । साथै वायु प्रदूषणका कारण स्वासप्रश्वास, छाला, आँखा लगायतको रोग बढ्दै गएको छ । 

यसअघि बिहान पूर्वी जिल्लाहरुमा वर्षा भएको थियो । 

मौसम पूर्वानुमान महाशाखाले अपरान्ह काठमाडौँमा हल्का वर्षा हुन सक्ने जनाएको थियो । तर छोटो समयको वर्षाले वायु प्रदूषणलाई कम गर्न भने सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ